आन्दोलनको जगमा बालकल्याण माबिको अध्यक्षमा लुइँटेल निर्वाचित

नवनिर्वाचित अध्यक्ष लुइँटेल विद्यार्थीको अग्रपंक्तिमा । कीर्तिपुर । बालकल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ मोरङमा बिद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन गरिएको छ । सोमबार बिहान् बसेको समितिको बैठकले लोकनाथ लुइँटेल(प्रताप) लाई अध्यक्षमा चयन गरेको हो । शिक्षा ऐन २०२८ ले सामुदायिक बिद्यालय संचालन, रेखदेख व्यवस्थापन गर्नको लाही प्रत्येक बिद्यालयमा एक व्यवस्थापन समिति गठन गर्न भनिएको छ । लुइँटेल करिब ६ महिना अघि अभिभावकले आफुहरुमध्येबाट सदस्यमा छानिएका थिए । उनिसंगै शोवित थापा, कमला सुवेदी र सीता खतिवडा सदस्यमा अभिभावकहरुले छनोट गरेको थियो । गत शुक्रबार मात्रै २ जना मनोनीत गरिएको वताइएको थियो । हुमा पौडेल र निवर्तमान वडा अध्यक्ष कपिलमणि ढकाललाई नगरपालिकाले सदस्यमा मनोनीत गरेको हो । सोही दिन बसेको बैठकले अध्यक्षमा एक भन्दा बढी आकाङ्क्षी भएपछि समितिको नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । ९ जना सदस्यीय रहने समितिमा शिक्षक राम सागर मण्डल र वडा अध्यक्ष उद्वबराज बस्नेत सदस्य छन् । प्रधानाध्यापक रोहिणी प्रसाद घिमिरे सदस्य-सचिव रहेका छन् ।
बालकल्याणमा गत मङ्गलबारदेखि व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने, स्कुल प्रशासनले समय तालिकाअनुसार स्कुल लगाउनुपर्ने, स्थानीय विषयमा पठनपाठन हुनुपर्ने, दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनुपर्ने लगायतका माग  राख्दै अभिभावकहरु आन्दोलित थिए । उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा पार्दर्शिता चाहियो? शिक्षक र शिक्षिकाले पुरा पिरियड  प्रशासनले कहिले जाच्छ?, असक्षम शिक्षक चाहिन्दैन? लगायत नारा लगाउदै प्रदर्शन गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार