पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा किसान सुचिकरण अभिमुखीकरण गोष्ठी तथा गणक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको तालिमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका थिए । नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले किसान सुचिकरण अभिमुखीकरण गोष्ठी तथा गणक तालिम कार्यक्रमका विषयमा आफ्ना महत्वपूर्ण भनाइहरु राखे । कार्यक्रममा वडा अध्यक्षहरु भीम कुमार राई, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, उद्धवराज बस्नेत, लेखा शाखा प्रमुख पिताम्वर वस्ती र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।


104 पटक हेरिएको 












