बाल नमुनाले मनायो अभिभावक दिवस 

पथरी । बाल नमुना विद्या मन्दिर पथरी शनिश्चरे १० ले २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार शिक्षासेवी टंकप्रसाद शर्मा फूयाँलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कक्षा -नर्सरीदेखि १० सम्मका छात्र छात्राहरुलाई ट्रफी, प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरिएको थियो। कक्षा-५, ६, ७, ८ र ,९ का विद्यार्थीले ईन्फिनेटी मिमर, थ्रिडि हलो ग्राम, ज्वालामुखी, रकेट, हाइड्रोलिक प्रेसर र इलेक्ट्रनिक बेल बनाएको विज्ञान शिक्षक दिपक लिम्बुले जानकारी दिए। कार्यक्रममा गुरू आमाहरूले अति सुन्दर नृत्य प्रस्तुति दिएका थिए भने विभिन्न तहगतका विद्यार्थीहरूले विविध जातजातिका सांस्कृतिक नृत्य, गायन तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए।
विद्यालयका व्यवस्थापक निर्देशक रूद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईन्ट्रा फाउण्डेशन नेपाल पथरी शनिश्चरेका राम वानियाँ, विद्यालयका संस्थापकहरू क्रमशः वसन्त मादेन, वीर बहादुर घिमिरे, गणेश बिष्ट, हस्तबहादुर राई , श्याम चौहान लगायतका अतिथिहरूको उपस्थित रहेका थिए। विद्यालयकी शिक्षिका गीता सुब्बाले स्वागत मन्तव्य राखेकी थिइन भने साे कार्यक्रमकाे संचालन शिक्षक दुर्गाराम भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार