रिफुजी च्यालेन्ज कप: फाइनलमा बीवाईसी बेलडाँगी र आयोजक भिडने

शनिश्चरे शिबिर । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । खेलको ५० औं मिनेटमा बीवाईसीका विदेशी खेलाडी डेभिडले पहिलो गोल गरे । पुनः उमेश कार्कीले ७९ औं मिनेटमा गोल गर्दै विपक्षीलाई २ गोलले पछि पारे । बेलबारीका विवेक पौडेलले पेनाल्टी मार्फत् एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच विजेता टिमका उमेश कार्की घोषित भए । प्रतियोगिताको फाइनल खेल आयोजक वाईएफसी र बीवाईसी बेलडाँगी बीच फागुन २० गते हुने आयोजकका विनम राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार