सोलुखुम्बु । जनता समाजबादी पार्टी(जसपा) नेपाल सोलुखुम्बु जिल्ला समितिले रुपान्तरण कार्यक्रम गरेको छ ।
शनिबार सम्पन्न कार्यक्रमले फुरि ज्याल्जेन शेर्पाको नेतृत्वमा जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षद्वयमा भैराज मगर र सुरत बहादुर बस्नेत, मुख्य सचिवमा हेमन्त किराती, उपसचिवद्वयमा योगेश बराईली, र युद्ध मगर र कोषाध्यक्षमा प्रेम नेम्बाङ रहेका छन् । कार्यकारिणी सदस्यहरुमा लाकी शेर्पा, हिरा ब खालिङ, ल्हाक्पा शेर्पा, पाल्देन शेर्पा, ल्हाक्पा छिरि बि.क. धिमिरे र आङकामी शेर्पा रहेकोे र सदस्यहरुमा बसन्त पाख्रिनं, ङिमा शेर्पा, भुपेन्द्र कुलुङ, सुरेश तामाङ, आङपेम्बा शेर्पा, डेण्डी शेर्पा, सुवास राई र फुर्वा तामाङ रहेको जसपाले बताएको छ ।
यसैगरी रुपान्तरीत सोलु-दुधकुण्ड नगर समिति पनि गठन गरेको छ । जसको सम्योजकमा किमा शेर्पा, सहसम्योकत्रयमा सुम्जोक लामा, सोनाम शेर्पा, गेलु शेर्पा र सदस्यहरुमा दावा याङजी तामाङ, कुमारी बिक, ग्याल्जेन शेर्पा, कामि सार्की शेर्पा, सोनाम शेर्पा, ङवाङ छेतेन शेर्पा र कुमार मगर रहेका छन् ।
जसपाले माप्या दुधकोशी गाउपालिका समिति पनि बनाएको छ ।
जसको सम्योजकमा बसन्त पाख्रिन, सहसम्योजनमा मिङ्मार शेर्पा र सदस्यमा पासाङ ल्हमु शेर्पा रहेका छन् । कार्यक्रममा राजनीतिक समिति सद्स्य/सङ्घठन बिभाग सचिव ल्हाक्पा शेर्पा, १ नम्बर प्रदेश समिति सदस्यभक्त बहादुर राई, शेर्वालुङ राष्टृय समिति मुख्य सचिव महेश राना मगरलगायतको उपस्थिति रहेको थियो ।


77 पटक हेरिएको 








