विराटनगर । मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शनिबार साँझ ७ बजे उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोक राजमार्गमा दुर्घटना भयो । गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र २-०१-००२ प २०२८ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ५४ बर्षिय बिदुर रेग्मीलाई ठक्कर दिँदा घाईते उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगमा राती साढे ११ बजे मृत्यु भएको थियो । मोटरसाईकल चालक चौदन्डीगढी नगरपालिका-६ का २४ बर्षिय अमद कुमार दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो पौने १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ७ ठडिया पनि दुर्घटना भएको समाचार छ । पुर्व पश्चिम राजमार्गमा ईटहरीबाट बेलबारीतर्फ आउदै गरेको प्र १-०१-००१ ख ४०३४ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा भारतको लुवाघाट बस्ने ५२ बर्षिया मिरा कुमारी श्रेष्टलाई ठक्कर दिई घाईते बनाएको थियो । बिराट टिचिङ अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४० बर्षिय प्रेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।


91 पटक हेरिएको 












