शनिश्चरे शिबिर । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि वाईएफसी (आयोजक)ले रक्षा गरेको छ ।
पथरी शनिश्चरे १० को प्रस्तावित नगर रंगशालामा आइतबार भएको फाइनलमा आयोजकले बीवाईसी बेलडाँगीलाई १-० अन्तरले पाखा लगायो । पहिलो हापको १२ औ मिनेटमा सागर तिवारीले गोल गरेर आफ्नो रिमलाई विजयी बनाए । विजेता आयोजकले २ लाख १ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बेलडाँगीले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
शुक्रबार भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको थियो भने आयोजक वाईएफसी पथरीले भारतकाे कञ्चनजंगा एफसी सिलगुढी विरूद्व २-१ को अन्तरले पराजित गर्दै उपाधिको दाबेदार बनेको थियो ।
नेपाली मुलका भुटानी शरणर्थीहरुले आफनो प्रतिष्ठाको रुपमा खेलाउन सुरु गरिएको यस खेलमा कञ्चनजङ्घा फुटबल क्लब भारत, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरी सहित १० टिमले सहभागिता जनाएको छ ।


129 पटक हेरिएको 








