सखुवारा । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसीमा खोरेत रोगको सङक्रमण देखिएको छ ।
मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखा परेको हो ।हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन आवश्यक छ । वडा न. ८ का वडा अध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मुल नभएसम्म मंगलबारे वरपरका पशुहरुलाई बाहिर नलान सूचना जारी गरिएको छ । रोग विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिसकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए।


132 पटक हेरिएको 








