पथरी । दादुरा–रुबेला विरुद्धको खोप अभियान मङ्गलबारदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान चैत ७ गतेसम्म सञ्चालन गर्दैछ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८० मा पहिलो दिन ३ हजार ९ सय २७ जनाले खोप लगाएका छन् । नगरको १० वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो । जसअन्तर्गत वडा नं. १ को भूपू सैनिक स्कुलमा ५ सय ६९ जना, वडा नं. २ को वाल्मीकि स्कुलमा १ हजार ७० जना, वडा नं. ३ को सामाजिक आविमा १ सय ९६ जना, वडा नं. ४ को भागिरथ माविमा ३ सय ५० जना, वडा नं. ५ को सुगाहाट माविमा ५ सय १५ जना, वडा नं. ६ को दुर्गा आविमा २ सय ३८ जना, वडा नं. ७ बालकल्याण माविमा १ सय ८७ जना, वडा नं. ८ को बुद्ध माविमा ३ सय ४८ जना, वडा नं. ९ को सिंहवाहिनी माविमा २ सय ८३ जना र वडा नं. १० को जालपा आविमा १ सय ७१ जनाले खोप लगाएको स्वास्थ्य शाखा सह–संयोजक एकराज खत्रीले जानकारी दिए ।


114 पटक हेरिएको 








