ठगी गर्ने संगठित गिरोह पक्राउ

बिराटचोक । मोरङ सुन्दरहरैचा नगरपालिका ८ सलकपुरका स्थानीय ब्यक्तिहरूलाई नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफु परोपकारी संस्था डब्लु बि.एस.सी कम्पनीबाट आएको भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बंगलादेश पल्लाबी ढाका बस्ने बर्ष ४९ का महमद महबुर हुसेन, बंगलादेश सितागन्ज बस्ने बर्ष ३७ का महमद तानबिर हुसेन र काठमाण्डौ नयाँबजार बस्ने २३ बर्षीया सुनिता खत्रीलाई पक्राउ गरेको हो । उनीहरूबाट Ncell को सिमकार्ड १५ थान, सुनिता खत्री र तानबिर मिया दर्जीको राहदानी, नेपाली नगद रू ५ हजार १ सय ५०, ATM कार्ड २ थान, तानबिर मिया दर्जीको नेपाली नागरिकता र  विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको छ । Online माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न अन्तरदेशीय संगठित गिरोहको आरोपमा पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ठगी उद्योग कसूरमा दिन ५ (पाँच) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार