५ लाख ३८ हजार नगद, लागू औषधसहित ४ जना पक्राउ

बिराटचोक । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईलाई पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले निजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ ।
त्यस्तै सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको छ । सुन्दरहरैचा नगरपालिका-५ बलियाबाट २४ बर्षिय संगम आचार्यलाई पनि पक्राउ गरिएको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार