पथरीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

पथरी । मोरङको पथरी शनिश्चरेमा चैत्र २७ गतेदेखि ३० गतेसम्म तेस्रो राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ ।
शहिद रत्नकुमार बान्तावाको स्मृतिमा ३ दिवसिय प्रतियोगिता हुने भएको हो । फेन्डसिप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा ११ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका कोषाध्यक्ष डम्बर बाछाना राईले जानकारी दिए । प्रथम नगद पुरस्कार ५१ हजार रुपैयाँ राशी, ट्रफि, मेडल र प्रमाण पत्र रहेको यस प्रतियोगितामा नेपाल भरीका खेलाडीहरुले सहभागिता जनाउने छन । पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा महिला/पुरुष खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो । पथरी शनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा आवास सहित प्रतियोगिता  संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार