धरान । लिम्बू विद्यार्थी मंचको चैत ६ गते २५ औं स्थापना दिवस । उस्ले स्थापना दिवसको अवसर पारेर भोलिदेखि लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना गर्दैछ ।सुनसरीको धरान स्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा हुने महासम्मेलन, प्रादेशिक भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगुले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । केःलाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्यालीसहित महासम्मेलनको उदघाटन समारोह हुनेछ।
`अस्तित्वको लागि एकता” भन्ने मूल नाराका साथ २०८० चैत्र ६ गतेदेखि १० गतेसम्म महासम्मेलन हुनेछ । महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स लगायत विश्वको विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने जनाएको छ ।
मन्चले चैत ७ गतेदेखि बिहान्, दिउसो र साझ तीन चरणमा छलफल गर्दैछ । टङ्क सेलिङ्ले “Exploring Mundhum: A Pseudoscientific Approach”, अर्जुनबाबू माबोहाङ्ले मुन्धुम समाज र पर्यावरण, लक्षण मेन्याङ्बोले युवा साम्योको सान्दर्भिकता, डा. कमल तिगेलाले भूमि अभिलेखिकरण, डा. रमेश इजमले समुदायमा युवा धर्म र दर्शनको प्रभाव, इङ्सा योङ्हाङ्ले The Tsong Community of Sikhkhim, बल मुरुङ्लाले classification of mundhum, मलिसा याक्थुङ्बाले भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षाको बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सोही दिन राम मादेनले मुन्धुमी आस्थाको स्थल, नन्द कन्दङ्वाले कोशी नामकरण र पहिचानको आन्दोलन, अभिराज सुब्बाले sociol political status of yakthung in india र कर्ण ताम्लिङ्ले general understandkng of yakthung विषयमा प्रस्तुति दिनेछन् ।
चैत ८ गते १३ जनाको कार्यपत्र माथि विमर्श हुने आयोजकको भनाइ छ । डा. महेन्द्र लावतीले संघीयताको पुनर्व्याख्या, सन्ध्या सिङ्जागोले political history through the eyes of tsong, सन्तवीर सुब्बाले Limbu language development विषयमा छलफल गर्नेछन् । साथै उपेन्द्र सुब्बा र झुमा लिम्बुले लिम्बु चलचित्र सम्बन्धि सम्बाद कार्यक्रम पनि मिसाइएको छ । हरिचन्द्र लवतीले लिम्बू भाषा पाठ्यक्रम निर्माण र बिकासक्रम, दिलेन्द्र कुरुम्बाङ्ले याक्थुङ भाषा संरक्षणका चुनौतीहरु, दिलबिक्रम आङ्देम्बेले नेपालीकरण गरिएको लिम्बु भाषा स्थानहरु, डा. युबराज तेयुङ्ले राजनीति र पहिचानको आन्दोलन, खेसेहाङ खजुमले मौलिक पेय पदार्थको ब्रान्डिङ र प्रवर्द्धन, शङ्कर लिम्बुले अन्तर्राष्ट्रिय कानुन र आदिवासी अधिकार र अमृता थेबेले प्रथाजनिक कानुनको विषयमा कार्यपत्र प्रस्तुतिको कार्यक्रम छ । चैत ९ गते अमला सुब्बा क्षेत्रीले feinism in yakthung community, भिमा लिम्बुले मुन्धुम र कथा, डा. प्रेम फियाकले औपनिबेसिक शिक्षा, एल बी पालुङ्वाले आदिवासी अर्थतन्त्र र लिम्बु समुदाय, धनेन्द्र जबेगूले लिम्बुहरुको आर्थिक अवस्था, फिपराज बेघाले याक्थुङ पत्रकारिताको वर्तमान अवस्थ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै हितराम तिलिङ्ले याक्थुङ्को ऐतिहासिक पक्ष र पुनर्जागरण, डा. धिरेन्द्र नाल्बोले द्वन्द शान्ति र विकास, आङ्बुहाङ अबोध अविरलले दोस्रो जनअन्दोलन पश्चात् विकसित लिम्बुवान, लक्ष्मण लावतीले सुभाङ्नी, जमात र किपट र अमित थेबेले लिम्बुवानका मुन्धुमी तथा ऐतिहासिक स्थानहरु विषयमा बहस गर्नेछन् । अन्तिम दिन सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ । चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिए ।
यस अघि लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते लिम्बुवानको दमकमा सम्पन्न भएको थियो ।



147 पटक हेरिएको 








