लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु

  फिपराज बेघा  119 पटक हेरिएको

धरान । आज लिम्बू विद्यार्थी मंचको २५ औं स्थापना दिवस ।  स्थापना दिवसको अवसर पारेर आजदेखि लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु भएको छ । अहिले र्‍याली सहित टोलीले नगर परिक्रमा गरिरहेको छ । र्‍यालीपछि सुनसरीको धरान स्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा महासम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनेछ ।  कार्यक्रम प्रादेशिक भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगुले उदघाटन गर्नेछन् । केःलाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्‍यालीसहित महासम्मेलनको उदघाटन समारोह हुने मंचए बताएको छ ।

`अस्तित्वको लागि एकता” भन्ने मूल नाराका साथ २०८० चैत्र ६ गतेदेखि १० गतेसम्म महासम्मेलन हुनेछ । महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स लगायत विश्वको विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने जनाएको छ । मन्चले चैत ७ गतेदेखि बिहान्, दिउसो र साझ तीन चरणमा छलफल गर्दैछ । टङ्क सेलिङ्ले “Exploring Mundhum: A Pseudoscientific Approach”,  अर्जुनबाबू माबोहाङ्ले मुन्धुम समाज र पर्यावरण, लक्षण मेन्याङ्बोले युवा साम्योको सान्दर्भिकता,  डा. कमल तिगेलाले भूमि अभिलेखिकरण, डा. रमेश इजमले समुदायमा युवा धर्म र दर्शनको प्रभाव, इङ्सा योङ्हाङ्ले The Tsong Community of Sikhkhim,  बल मुरुङ्लाले classification of mundhum,  मलिसा याक्थुङ्बाले  भाषिक आन्दोलन र  मातृभाषामा उच्च शिक्षाको बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सोही दिन राम मादेनले मुन्धुमी आस्थाको स्थल, नन्द कन्दङ्वाले कोशी नामकरण र पहिचानको आन्दोलन, अभिराज सुब्बाले sociol political status of yakthung in india र कर्ण ताम्लिङ्ले general understandkng of yakthung विषयमा प्रस्तुति दिनेछन् ।

चैत ८ गते १३ जनाको कार्यपत्र माथि विमर्श हुने आयोजकको भनाइ छ । डा. महेन्द्र लावतीले संघीयताको पुनर्व्याख्या, सन्ध्या सिङ्जागोले political  history through the  eyes of tsong, सन्तवीर सुब्बाले Limbu language development विषयमा छलफल गर्नेछन् । साथै उपेन्द्र सुब्बा र झुमा लिम्बुले लिम्बु चलचित्र सम्बन्धि सम्बाद कार्यक्रम पनि मिसाइएको छ ।  हरिचन्द्र लवतीले लिम्बू भाषा पाठ्यक्रम निर्माण र बिकासक्रम, दिलेन्द्र कुरुम्बाङ्ले याक्थुङ भाषा संरक्षणका चुनौतीहरु, दिलबिक्रम आङ्देम्बेले नेपालीकरण गरिएको लिम्बु भाषा स्थानहरु, डा. युबराज तेयुङ्ले राजनीति र पहिचानको आन्दोलन, खेसेहाङ खजुमले मौलिक पेय पदार्थको ब्रान्डिङ र प्रवर्द्धन, शङ्कर लिम्बुले अन्तर्राष्ट्रिय कानुन र आदिवासी अधिकार र अमृता थेबेले प्रथाजनिक कानुनको विषयमा कार्यपत्र प्रस्तुतिको कार्यक्रम छ । चैत ९ गते अमला सुब्बा क्षेत्रीले feinism in yakthung community, भिमा लिम्बुले मुन्धुम र कथा, डा. प्रेम फियाकले  औपनिबेसिक शिक्षा,  एल बी पालुङ्वाले आदिवासी अर्थतन्त्र र लिम्बु समुदाय, धनेन्द्र जबेगूले  लिम्बुहरुको आर्थिक अवस्था, फिपराज बेघाले याक्थुङ पत्रकारिताको वर्तमान अवस्थ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै हितराम तिलिङ्ले याक्थुङ्को ऐतिहासिक पक्ष र पुनर्जागरण, डा. धिरेन्द्र नाल्बोले द्वन्द शान्ति र विकास, आङ्बुहाङ अबोध अविरलले दोस्रो जनअन्दोलन पश्चात् विकसित लिम्बुवान, लक्ष्मण लावतीले सुभाङ्नी, जमात र किपट र अमित थेबेले  लिम्बुवानका मुन्धुमी तथा ऐतिहासिक स्थानहरु विषयमा बहस गर्नेछन् । अन्तिम दिन सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ । चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिए ।

यस अघि लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते लिम्बुवानको दमकमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार