धरान । सुनसरीको धरानमा जारी लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा आजदेखि कार्यपत्रहरुमाथि छलफल सुरु भएको छ । मंगलबारदेखि जारी भएको महासम्मेलनमा बुधबार दर्जन कार्यपत्र प्रस्तुत गरिएको छ । मन्चले बिहान्, दिउसो र साझ तीन चरणमा छलफल गरेको गर्यो ।
नन्द कन्दङ्वाले कोशी नामकरण र पहिचानको आन्दोलन, अर्जुनबाबू माबोहाङ्ले मुन्धुम समाज र पर्यावरण, बल मुरुङ्लाले मुन्धुमका वर्गीकरण, डा. कमल तिगेलाले भूमि अभिलेखिकरण, सूचीकरण, भगिराज इङनामले लिम्बुवानका ऐतिहासिक दस्ताबेज, कणर् ताम्लिङले मुन्धुमको आधारभूत बुझाई, मलिसा याक्थुङ्बाले भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, राम मादेनले मुन्धुमी आस्थाको स्थल मुक्कुमलुङमाथि अतिक्रमण र संरक्षणको प्रयास तथा उपायहरु विषयमा छलफल पत्र प्रस्तुत गरिएको थियो । लक्षण मेन्याङ्बोले युमा साम्योको सान्दर्भिकता र इङ्सा योङ्हाङ्ले सिक्किमको चोङ समुदाय, अभिराज सुब्बाले भारतीय याक्थु ङको सामाजिक राजनीतिक अवस्था र सनवीर सुब्बाले लिम्बु भाषाको विकास क्रम विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । छलफल पत्रपछि सहभागीहरुको तर्फबाट जिज्ञासा तथा सुझाब राखिएको थियो।
चैत ८ गते १३ जनाको कार्यपत्र माथि विमर्श हुने आयोजकको भनाइ छ । डा. महेन्द्र लावतीले संघीयताको पुनर्व्याख्या, सन्ध्या सिङ्जागोले चो ङको दृष्टिबाट राजनीतिक इतिहास, हरिचन्द्र लावतीले लिम्बू भाषा पाठ्यक्रम निर्माण र बिकासक्रम, दिलेन्द्र कुरुम्बाङ्ले याक्थुङ भाषा संरक्षणका चुनौतीहरु, दिलबिक्रम आङ्देम्बेले नेपालीकरण गरिएको लिम्बु भाषा स्थानहरु विषयमा छलफल हुने आयोजकले वताएको छ । डा. युबराज तेयुङ्ले राजनीति र पहिचानको आन्दोलन, खेसेहाङ खजुमले मौलिक पेय पदार्थको ब्रान्डिङ र प्रवर्द्धन, शंकर लिम्बुले अन्तर्राष्ट्रिय कानुन र आदिवासी अधिकार र अमृता थेबेले प्रथाजनिक कानुनको विषयमा कार्यपत्र प्रस्तुतिको कार्यक्रम छ ।साथै फिल्मकर्मी उपेन्द्र सुब्बासँग अमित थेबेको चलचित्र सम्बन्धि सम्बाद कार्यक्रम पनि राखिएको छ ।
चैत ९ गते अमला सुब्बा क्षेत्रीले याक्थुङ समुदायमा नारिवाद, भिमा लिम्बुले मुन्धुम र कथा, डा. प्रेम फियाकले औपनिबेसिक शिक्षा, एल बी पालुङ्वाले आदिवासी अर्थतन्त्र र लिम्बु समुदाय, धनेन्द्र जबेगूले लिम्बुहरुको आर्थिक अवस्था, फिपराज बेघाले याक्थुङ पत्रकारिताको वर्तमान अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै हितराम तिलिङ्ले याक्थु ऐतिहासिक पक्ष र पुनर्जागरण, डा. धिरेन्द्र नाल्बोले द्वन्द शान्ति र विकास, आङ्बुहाङ अबोध अविरलले दोस्रो जनअन्दोलन पश्चात् विकसित लिम्बुवान, लक्ष्मण लावतीले सुभाङ्नी, जमात र किपट र अमित थेबेले लिम्बुवानका मुन्धुमी तथा ऐतिहासिक स्थानहरु विषयमा बहस गर्नेछन् ।
अन्तिम दिन सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ । चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मंचका महासचिव प्रदिप नेयोङ्ले बताएका छन् । प्रादेशिक भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगुले समुद्घाट गरेपछि महासम्मेलन सुरु भएको थियो । मंचको २५ औं स्थापना दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना गरेको हो। अस्तित्वको लागि एकता” भन्ने मूल नाराका साथ भइरहेको महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत १७ देश र नेपालको १४ जिल्लाबाट सिनेटरहरुले सहभागीता जनाइरहको छ ।
लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते लिम्बुवानको दमकमा सम्पन्न भएको थियो ।


135 पटक हेरिएको 








