मोटरसाईकल चोरीको आरोपमा १ जना पक्राउ

भोजपुर । जिल्लाको भोजपुर नगरपालिका- ३ बाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारत मनिपुर स्थायी घर भई हाल जिल्ला सिरहा गोलबजार बस्दै आएका ३१ बर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार भोजपुर- ५ का ३० बर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट लामा पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार