पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका बिषयमा अन्तरक्रिया

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई सम्मान गरेको छ ।

आज पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम राईलाई सम्मान गरेको हो । पत्रकार महासङघका केन्द्रीय अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हाे भन्ने इतिहासलाई गुमनाम बनाउन नेपाल पत्रकार महासंघका पदाधिकारीहरू सक्रिय देखिएकाेले इतिहासकाे पक्षमा र कार्यसमितिकाे रवैयामा असहमति जनाउन सम्मानित राईले उल्टाे दाैडिएका थिए । गोर्खा ट्रैलब्याजर रनको दौड प्रतियोगितामा ८.५ कि.मि. उल्टो दौडिएर नौलो इतिहास र आयाम कायम राखेको भन्दै उनलाई फोनिज प्रदेश समितिले सम्मान गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवस पोखरेलले सञ्चार जगत मौलाउदै जाँदा न्यूज भन्दा भ्यूज खोज्ने क्रममा यथार्थ आउन नसकेको बतएका छन् । सामाजिक संजालमा भ्यूज खोज्दा समाजमा यथार्थ आउन नसकेको बताउदै उनले सञ्चारकर्मीले आवाज उठाउदा जनता माझ बुझाएर विषय उठान गर्नुपर्नेमा जोड दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार