भव्यताको साथ विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सकियो

३४ वटा कार्यपत्र प्रस्तुत

  फिपराज बेघा  124 पटक हेरिएको

धरान

धरान । पाँच दिनदेखि जारी लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन भव्यताको साथ शनिबार सकिएको छ ।

आयोजक लिम्बु बिद्यार्थी मन्चका अध्यक्ष नितेश सिंगककाे अध्यक्षतामा तथा धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । उपप्रमुख बेघा, मंचका उपमहासचिव सागर सरगम चेम्जोङ,  मंचका पूर्व सचिब एवम् महासम्मेलनका प्रमुख सल्लाहकार अमित थेबेलगायतले सम्बोधन गरेको कार्यक्रममा मंचका सस्थापक सदस्यद्वय बसन्ती थेबे, रमेश इजमलाई सम्मान पनि गरिएको थियो । समापन कार्यक्रममा भारत आसामकी माया लिम्बू, दार्जिलिङ्का चन्द्र कुमार सुब्बा, सिक्किमकी सन्ध्या सुब्बा, मञ्चका पूर्व अध्यक्ष अबाेध अविरल आङ्वूहाङ, लिम्बू विद्यार्थी मञ्च पूर्व उपाध्यक्षद्वय धनेन्द्र जगेवु, जीवन थलङ, मञ्चकी सुनसरी जिल्ला अध्यक्ष विनिता मादेनलगायतको उपस्थिति रहेको थियो ।

मंचको २५ औं स्थापना दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना गरेको हो। अस्तित्वको लागि एकता” भन्ने मूल नाराका साथ भइरहेको महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत १७ देश र नेपालको १४ जिल्लाबाट सिनेटरहरुले सहभागीता जनाइरहको थियो  ।

ककस्ले कार्यपत्र प्रस्तुत गर्‍यो ?

पहिलो दिन(चैत ६ गते) प्रादेशिक भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगुले समुद्घाट गरेपछि महासम्मेलन सुरु भएको थियो । त्यसपछि भएको बिहान, दिउँसो र साझ गरेर तीन सत्रमा  नेपाल, भारत, बेलायत, अमेरिकाबाट  ३४ वटा कार्यपत्र प्रस्तुत गरेको थियो ।

दोस्रो दिन(चैत ७ गते) नन्द कन्दङ्वाले कोशी नामकरण र पहिचानको आन्दोलन, अर्जुनबाबू माबोहाङ्ले मुन्धुम समाज र पर्यावरण, बल मुरुङ्लाले मुन्धुमका वर्गीकरण, डा. कमल तिगेलाले भूमि अभिलेखिकरण/सूचीकरण, भगिराज इङनामले लिम्बुवानका ऐतिहासिक दस्ताबेज, कर्ण ताम्लिङले मुन्धुमको आधारभूत बुझाई, मलिसा याक्थुङ्बाले भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, राम मादेनले मुन्धुमी आस्थाको स्थल मुक्कुमलुङमाथि अतिक्रमण र संरक्षणको प्रयास तथा उपायहरु विषयमा छलफल पत्र प्रस्तुत गरिएको थियो । लक्षण मेन्याङ्बोले युमा साम्योको सान्दर्भिकता र इङ्सा योङ्हाङ्ले सिक्किमको चोङ समुदाय, अभिराज सुब्बाले भारतीय याक्थुङको सामाजिक राजनीतिक अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

तेस्रो दिन(चैत ८ गते)डा. महेन्द्र लावतीले संघीयताको पुनर्व्याख्या: आदिवासी जनजातिको लागि भौगोलिक र गैर भौगोलिक स्वायत्तताको समिश्रण, हरिसचन्द्र लावतीले लिम्बू भाषा पाठ्यक्रम निर्माण र बिकासक्रम, दिलेन्द्र कुरुम्बाङ्ले याक्थुङ भाषा संरक्षणका चुनौतीहरु, दिलबिक्रम आङ्देम्बेले नेपालीकरण गरिएको लिम्बु भाषा स्थानहरु विषयमा छलफल  भयो । फिपराज बेघाले याक्थुङ पत्रकारिताको वर्तमान अवस्था, खेसेहाङ खजुमले मौलिक पेय पदार्थको ब्रान्डिङ र प्रवर्द्धन, अमृता थेबेले प्रथाजनिक कानुनको विषयमा कार्यपत्र प्रस्तुति राखिएको थियो । डा. रमेश इजमले याक्थुङ/लिम्बु जातीय पहिचान:भ्रम र यथार्थ, सनबिर सुब्बाले सिक्किमको बिशेष सान्दर्भमा लिम्बु भाषाको बिकास क्रम र विश्वास दीप तिगेलाले समुदायमा हिन्दू र गेग्रोरियन सम्बद्धको प्रभाव, हितराम तिलिङ्ले याक्थुङ लिम्बु जातिको नामको ऐतिहासिक पक्ष र पुनः जागरणको विषयमा चर्चा गरेका थिए ।

चौथो दिन(चैत ९ गते) १२ वटा कार्यपत्रहरुमाथि छलफल भएको छ । शंकर लिम्बुलेआत्मनिर्णयको अधिकारको संबाहकको रूपमा आदिवासी लिम्बू युवाहरू,  डा. युबराज तेयुङ्ले राजनीति र पहिचानको आन्दोलन, अमला सुब्बा क्षेत्रीले याक्थुङ समुदायमा नारिवाद, डा. प्रेम फियाकले औपनिबेसिक शिक्षा, एल बी पालुङ्वाले आदिवासी अर्थतन्त्र र लिम्बु समुदाय, धनेन्द्र जबेगूले लिम्बुहरुको आर्थिक अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । डा. धिरेन्द्र नाल्बोले द्वन्द शान्ति र विकास, आङ्बुहाङ अबोध अविरलले धर्म र जनगणना किरात धर्म, अमित थेबेले लिम्बुवानका ऐतिहासिक तथा मुन्धुमी स्थलहरु, सन्ध्या सुब्बा सिङ्जागोले Periodization of yakthung history and civilization, टङ्क सेलिङ्ले Exploring mundhum: A pseudoscientific, लक्ष्मण लावतीले सुभाङ्नी, जमात र किपट विषयमा बहस गरेका छन् ।

भोलि पत्रकार सम्मेलन गर्ने?

आइतबार  आर्थिक प्रतिवेदनसहित महसम्मेलद्वारा पारित निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मंचका महासचिव प्रदिप नेयोङ्ले बताएका छन् ।

लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते झापाको दमकमा सम्पन्न भएको थियो ।

त्यस्तै सोही महासम्मेलन बाट पारीत निर्णयहरू पत्रकार सम्मेलन गरि भोलि आईतवार सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

पाँच दिनदेखि जारी लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन भव्यताको साथ शनिबार सकिएको छ ।

आइतबार  आर्थिक प्रतिवेदनसहित महासम्मेलनद्वारा पारित निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मंचका महासचिव प्रदिप नेयोङ्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार