पथरी । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।शनिबार प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । दुई दिने तालिममा नगरभित्रका १५ वटा सहकारी संस्थाका १९ जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट निर्मल कटुवाल र यशोदा खत्रीले आफ्ना भनाइहरु राखेका थिए । सो तालिमको सहजीकरण मोरङ सहकारीका रामकुमार दाहालले गरे । प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरमा भएका सहकारी सम्वन्धी समस्याहरूको छिट्ट समाधान गर्न नगरपालिका लागिरहेको बताए ।


112 पटक हेरिएको 








