पथरी । कृषि बजार ब्यवस्थापन समिति पथरी शनिश्चरे १ को दोस्रो साधरण सभाबाट नयां नेतृत्व चयन भएको छन ।
शनिबार सम्पन्न भेलाबाट राजेन्द्र गुरुङ अध्यक्ष, काजी साँवा उपाध्यक्ष, जोन सुब्बा सचिब, चन्द्र थाम्सुहाङ सहसचिव र शर्मिला लिम्बु कोषाध्यक्ष चयन भएका छन् । यस्तै सदस्यहरुमा राजमान राई, खिनमाया लिम्बु, भिम बहादुर रासाइली, किशोर मान लिम्बु, शिव लिम्बु, काजी राई, भुवन बिष्ट र सवित्रा खडका सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति संयोजक धनप्रसाद सावाँ लिम्बु सदस्यहरुमा दिलकुमार लिम्बु र विकास बिष्ट रहेका छन भने पदम राई, सुर्यमान राई तिलक थापा, बुद्धिमान लिम्बु सल्लाहकार समितिमा चयन गरेको छ ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका १ मोरङका वडा अध्यक्ष भिमकुमार राईले बजार सफा सुन्दर बनाउन यस समितिले पहल गर्ने बजार विकासमा वडाबाट हुने आर्थिक, भौतिक र नैतिक सहयोग रहने बताए ।
२०३६ सालमा स्थापना भएको कृषि बजार अहिले हप्ताको २ पटक आइतबार बिहिबार लाग्दै आएको छ ।


100 पटक हेरिएको 








