काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सहकारी बिभाग गठन गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहने गरि गठित बिभागमा ११ सदस्यलाई मनोनयन गरेको छ । भानुभक्त ढकाल, बागमती प्रदेश, चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश, डिल्लीराम तिवारी, गण्डकी प्रदेश, राजेन्द्र पौडेल, बागमती प्रदेश, गोमा नेपाल, कोशी प्रदेश, पदम दाहाल, कर्णाली प्रदेश, विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश, शम्भु घिमिरे, बागमती प्रदेश, नवराज न्यौपाने, लुम्बिनी प्रदेश र कृष्ण खनाल, कोशी प्रदेशलाई सदस्यमा मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएको छ ।


101 पटक हेरिएको 




