झापा । जिल्लाको गौरिगञ्ज गाउँपालिका- १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घर अगाडि पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले सोहि दिन दिउँसो साढे ११ बजे गौरादह नगरपालिका- ९ का ३५ बर्षीय सुनिल टुडुले भारततर्फ लादै गरेको अवस्थामा ट्याक्टर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।


75 पटक हेरिएको 








