सखुवारा । मोरङ्को पथरी शनिश्चरे वडा नं. ८ ले आजदेखि बारिस्ता तालिम सुरु गरेको छ ।
वडा कार्यालयमा कफी मेकिङ (बारिस्ता) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरे । वडा अध्यक्ष नवीन कार्कीले वडाभित्रका महिलाहरूलाई सीप दिएर दक्ष जनशक्ति निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको बताए । नगर प्रमुख मोहन प्रसाद तुम्बापोले महिला दिदी बहिनीहरुले तालिमको नाममा तालिम मात्रै नभएर आफूले त्यसलाई व्यवहारमा उतार्न सुझाव दिए ।
चन्द्रसुर्य सीप विकास संस्थाको प्राविधिक सहयोगमा सुरु तालिममा ४० जनाले सहभागिता जनाइरहेका छन् ।


139 पटक हेरिएको 








