तेह्रथुम । जिल्लाको म्याङ्लुङ नगरपालिका-६ मा धारिलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप श्रीमान पक्राउ परेका छन् ।
सोमबार साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने दिपक लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ। घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले थप अनुसन्धान गरिरहेको छ ।


77 पटक हेरिएको 












