टेम्पोमा सवार तामाङको मृत्यु

झापा । जिल्लाको बिर्तामोड नगरपालिका-३ मा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एकको मृत्यु भएको हो । टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका-२ की ३१ बर्षीय सामना लिम्बु र बिर्तामोड नगरपालिका-९ का ३६ बर्षीय भिम बहादुर तामाङ घाईते भई उपचारको लागि वि.एण्ड सि.अस्पताल बिर्तामोड लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा भिम बहादुर तामाङलाई मृत घोषणा गरेको हो ।घटनामा संलग्न टेम्पो चालक बिर्तामोड-९ का अरुण तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार