बिराटनगर । मोरङको मुकाम विराटनगर महानगरपालिका वडा नं.-१२ बाट जुवा (तास) खेल्ने १० जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले चैत २० गते अन्दाजी १७:०० बजे सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ को वेद निधि दाहालको घरमा जुवा (तास) खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट नेपाली नगद ८२ हजार ४ सय ३० र १ सय ५६ पिस तास पनि बरामद गरेको छ ।बिराटनगर महानगरपालिका १२ बस्ने बर्ष ४० को किसन श्रेष्ठ, बर्ष ३० को अजय मण्डल, बर्ष २९ को आर्यन कामत, वर्ष ३६ को दिपक सहनी, बर्ष ६५ को देवेन्द्र ब.सुब्वा,वर्ष ५३ को वेदनिधि दाहाल, बर्ष ३५ को दिपक सहनी, बर्ष २७ को अनिश अधिकारी, बर्ष ५० को बाबुराम कटेल र बर्ष ३७ को रामबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसूरमा ५ (पाँच)दिन म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले वताएको छ ।


91 पटक हेरिएको 












