काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।
बिहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पहिचानबादीहरुको साझा उम्मेदवार थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो । बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार उठाउने निर्णय गरेको जसपा केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।


154 पटक हेरिएको 








