विराटनगर । मोरङको विराटनगर महा-नगरपालिका-९ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट बिहिवार दिउँसो २ बजे महिलाको मृत्यु भएको छ ।
HR 38 Y 5490 नम्बरको कन्टेनर गाडीले को. १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते मोटरसाईकल पछाडि सवार ३५ बर्षिया अमिरका कुमारी कुर्मीको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाईते मोटरसाईकल चालक विराटनगर-१४ का २१ बर्षिय अनुराग रायको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।


74 पटक हेरिएको 








