पथरी । पित्तथैली क्यान्सर पीडित झुमाई धिमाललाई कुमारी बैंक, पथरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ।
आइतवार पथरी शनिश्चरे १ कि क्यान्सर पीडित धिमालकै निवासमा पुगेर पीडित महिलालाई बैंकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। पथरीशनिश्चरे -१ का वडाध्यक्ष भीमकुमार राईको हातबाट शाखा प्रमुख माधवप्रसाद खरेलले पीडित महिलालाई सहयोग रकम प्रदान गरेका हुन्। तीन वर्षअघि १० हजार रुपैयाँले कुमारी सुरक्षा परिवार बचत खाता खोलेर बचत गर्नु भएकी पीडित महिलालाई थप उपचारका लागि सो बैंकले सहयोग प्रदान गरेकाे हाे। सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरू क्रमशः पूर्ण बहादुर कार्की, आरती खाती, बसुन्धरा गुरुङ, कुमारी बैंक पथरीका अपरेसन ईन्चार्ज देवराज भण्डारी, बैंक कर्मचारीलगायतको उपस्थिति रहेको थियो।


176 पटक हेरिएको 








