सब्जी बोक्ने ट्रकबाट गाँजा बरामद

धनकुटा । जिल्लाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को १ ख ३२९४ नम्बरको मिनिट्रकबाट ५ सय ४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार