साइकल यात्रीको मृत्यु

बिराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गर्दा साईकल यात्रीलाई ठक्कर दिएको थियो । घाइते स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलाको बिराटनगरको नोबेल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बसका चालक सुनसरीको धरान उप-महानगरपालिका- २० का बल बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार