दमक । याक्थुङ युवा मंच झापाले पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
चैत ३० गते शुक्रबार किरात भवन दमकमा नयाँ सालको क्यालेन्डर विमोचनसहित अन्तरक्रिया कार्यक्रम हुने मंचका झापा अध्यक्ष देबीबहादुर निङ्लेकु(प्रताप) ले जानकारी गराए । कार्यक्रम किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा हुने वताइएको छ ।


172 पटक हेरिएको 












