पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
मङ्गलबार फ्रेन्डसीप चेस क्लबद्वारा आयोजित प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उदघाटन गरेका छन् । `सृजनशील र स्वस्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने नाराको साथ सुरु भएको प्रतियोगितामा १ सय २५ जनाले सहभागीता जनाएका छन् । ३ लाख ५० हजार बराबरको पुरस्कार स्पर्धी मध्येबाट ३६ जनाले प्राप्त गर्नेछन् । खेलका प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ ।
काठमाडौ, बुटवल, चितवन, धनकुटा, ताप्लेजुङलगायत जिल्लाबाट स्पर्धामा सहभागिता जनाएको क्लबका उपाध्यक्ष अर्जुन जम्नेली राईले बताएका छन् । चैत ३० गतेसम्म हुने प्रतियोगितामा नेपाल च्याम्पियन नवीन तन्डुकार, प्रकाश नेपाल, प्रतियोगिताको प्रथम च्यापियन सुस्रुत दाहाललगायत खेलाडी सामेल छन् । प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान गरिएको छ ।


173 पटक हेरिएको 








