स्वतन्त्र उम्मेदवार थेगिमले पाए मुढा चुनाव चिह्न

इलाम । इलाम २ को उपचुनावमा स्वतन्त्र उम्मेदवारी  दिएका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह दिएको छ । पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिम लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् । त्यस्तै अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगका अनुसार १९ जना उम्मेदवार छन्, जसमध्ये १२ जना दलगत र बाँकी स्वतन्त्र उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार