कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको मृत्यु भएको हो।  बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको राईको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार