आगोलागी हुदा १५ लाख बराबरको क्षति

पथरी । मोरङको पथरी शनिश्चरे ४ उत्पन्न टोलमा आगलागी भएको छ । बिहिवार दिउँसो ३ बजे स्थानीय बिरबहादुर कार्कीको घरमा आगलागी भएको हो । दा सर्वस्व गुमेको छ । खोले पकाउने क्रममा आग्लागी हुदाँ पुरा घर जलेर नष्ट भएको हो । आगलागीमा मानविय क्षती भने हुन पाएन । गोठमा रहेको गाईलाई भने आंसिक रुपमा क्षति पूगेको थियो । घर जलेर नष्ट हुदा घर भित्र रहेका सम्पूर्ण सामाग्रीहरु जलेर खरानी भएका थिए । नगर ५ लाख, एक तोला सुन, ५ तोला चादिँ, धान, गहुँ, मकै, चामल लगायत अन्नहरु र घरका सम्पूण सामानहरु गरि अन्दाजी १५ लाख बराबरको धन जलेर नष्ट भएको थियो ।

आगोलाई पथरी शनिश्चरे नगरपालिकाको दमकल, उर्लाबारी नगरपालिकाको दमकल, प्रहरी चौकी कुशे चौरी, सशस्त्र प्रहरी शनिश्चरे र स्थानीयबासीहरुले संयुक्त रुपमा आगो नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार