पथरी । ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को सातौ राउन्ड बिहिवार सकिएको छ । सुनसरीका राजेन्द्र राई ६.५ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा रहेका छन् । आयोजक फ्रेन्डसीप चेस क्लवका सचिव लोकसागर साम्बासँग बराबरी खेलेका थिए । राजेन्द्र राईसँग बराबरी खेलेका लोकसागर साम्बाले पनि ६ अंक जोडेर शीर्ष तेस्रो स्थानमा रहेका छन् । काठमाडौका नवीन तन्डुकरले सुश्रुत दाहाललाई पराजित गरेका छन् । तन्डुक ६ अंक जोडेर शीर्ष दोस्रो स्थानमा रहेका छन् । तन्डुकर पूर्ब नेपाल च्याम्पियन हुन भने दाहाल यही प्रतियोगिताको पहिलो सस्करण बिजेता खेलाडी हुन् ।
भोलि ८ र ९ औ राउन्डसँगै प्रतियोगितासँगै बिजेता खेलाडीहरुका लागि नगद, ट्रफी तथा प्रमाणपत्रहरु वितरणसँगै कार्यक्रम समापन हुने आयोजक समितिका अध्यक्ष अमिर राईले बताए ।


97 पटक हेरिएको 








