पथरी । एभरेष्ट आवासीय मावि पथरी शनिश्चरेले सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०मा तीन वटा पुरस्कार जित्न सफल भएको छ ।
फ्रेन्डसीप चेस क्लवको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म भएको स्पर्धामा एभरेष्ट स्कुलका छात्र आयुश लिम्बू १६००—१४०० रेटिङ समुहमा प्रथम भएका छन् । अर्का विद्यार्थी रोशन ढुङ्गाना स्कुल दोस्रो र अर्बिन भट्टराई तेस्रो पुरस्कार जितेका छन् । विद्यालयको तर्फबाट सहभागी भएका रोशन ढुङ्गाना यस अघि भएको पथरीशनिश्चरे नगर खेलकुद महोत्सवमा बुद्धिचालमै सातौ पुरस्कार जितेका थिए । नगर खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सव अघि एभरेष्ट स्कुलले केही दिन बुद्धिचाल सम्बन्धी प्रशिक्षण चलाएको थियो । एभरेष्टले यसरी पुरस्कार जित्नुमा प्रशिक्षणको महत्वपूर्ण भूमिका रहेको नगर खेलकुद विकास समितिको सदस्य समेत रहेका लोकसागर साम्बाले बताए ।
एभरेष्ट स्कुल भलिबल, कराँते खेल लगायतका खेलहरुमा समेत प्रतियोगिता जित्दै आएका छन् । नृत्य, गायन, पेन्टिङ लगायतका अतिरिक्त क्रियाकलापमा अगाडि रहेको विद्यालय सञ्चालक दिनेश कन्दङ्वाले बताए । केही महिना अघि भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एभरेष्ट बिद्यार्थीहरुले भलिबल लगायतमा छात्र, छात्रामा पुरस्कार जित्न सफल भएको थियो ।


152 पटक हेरिएको 












