कलम र बराहक्षेत्रमा मोटरसाईकल दुर्घटना: २ जनाको मृत्यु

बिराटनगर । झापाको कमल र सुनसरी बराहक्षेत्रमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शनिबार राती साढे ११ बजे कमल गाउँपालिका- ३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा दुर्घटना भयो । दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ४ का २७ बर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाईकलमा पछाडि सवार १५ बर्षीय बिपल नेपाल घाईते भएका थिए । ती मध्ये उपचारको लागि बीएनसी अस्पताल बिर्तामोडमा लिम्बुको मृत्यु भएको हो ।

बराहक्षेत्र नगरपालिका- ३ कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को.३६ प २५६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र- ७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भयो । घाइते भएका मोटरसाईकलमा पछाडि सवार २३ बर्षीय बिशाल कोइरालाको घोपा धरानमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार