पथरी । मङ्गलबार दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा दुर्घटना भएको छ ।
ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते श्रेष्ठको न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिराटनगर- १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै घटनाका चालक तथा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


87 पटक हेरिएको 








