रेडियो तमोरकी मनु माबो सम्मानित

ताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले रेडियो तमोरमा कार्यरत मनु माबो लिम्बू सम्मानित भएकी छिन् ।

स्व. गौतमको जन्मजयन्तिको अवसरमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा माबोलाई प्रतिष्ठानले नगद १० हजार १ सय ५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो । हरेक वर्ष एक जना सञ्चारकर्मी, सामाजिक व्यक्तित्व र नेपाल रेडक्रस सोसाईटीका उत्कृष्ट उपशाखालाई नगद सहित सम्मान गर्दै आईरहेको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले एक जना सञ्चारकर्मीलाई सिफारिसका लागि नेपाल पत्रकार महासंघलाई आग्रह गरिएअनुसार नै माबोलाई सम्मान गरिएको छ । करिब एक दशक अघिबाट पत्रकारिताको सुरुवात गरेकी माबो नेपाल पत्रकार महासंघको सदस्य समेत हुन् ।प्रतिष्ठानले गत वर्ष पनि सञ्चारकर्मीको रुपमा रेडियो तमोर १०२ मेघाहर्जका निवर्तमान स्टेशन मेनेजर तथा नेपाल पत्रकार महासंघका सह–सचिव वसन्त पालुङवालाई नगद सहित सम्मान गरेको थियो ।  समाजसेवी व्यक्ति आठराई त्रिवणी गाउँपालिकाका हर्क यक्सो र उत्कृष्ट गतिविधि गरेका रेडक्रस सोसाईटी उपशाखा साँघुलाई समेत सम्मान गरेको छ । लामो समय सम्म शिक्षण तथा सामाजिक सेवामा आवद्ध हुनु भएका यक्सोलाई नगद १० हजार १ सय ५ रुपैयाँ र रेडक्रस उपशाखालाई १५ हजार १ सय ५ रुपैयाँ सहित सम्मान पत्रमार्फत सम्मान गरेको प्रतिष्ठानले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको सभापतिको जिम्मेवारी समेत समालेका  गौतमको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उनक्क निधनपछि सामाजिक क्षेत्रको स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले २०६८ सालमा टीकाराम गौतम स्मृति प्रतिष्ठान स्थापना गरी सोहि प्रतिष्ठानमार्फत उत्कृष्ट उपशाखालाई र २ जना व्यक्तिलाई सम्मान गर्दै आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार