झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-७ मा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेवको नहरमा नुहाउने क्रममा मृत्यु भएको हो । अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो । शवलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।


87 पटक हेरिएको 












