वडा कार्यालयद्वारा आठ व्यक्ति सम्मानित

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम–२०८१ सम्पन्न गरेको छ ।
सोमबार वडा कार्यालयमा वडाका प्रतिभावान व्यक्तिहरुलाई सम्मान गरिएको हो । गायन अभिषेक लिम्बु, कलाकार राम वि.क., फुटबल खेलाडी जमुना आले मगरलाई सम्मान गरेको हो । रनिङतर्फ इशा मगर र राम खड्का, चिकित्सा अध्ययनतर्फ प्रबीण वि.क., तेक्वान्दोतर्फ युनिशा राई र महिला जुनियर फुटबलतर्फ धनकुमारी लिम्बुलाई सम्मान गरिएको हो । उनीरूलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपानेले संयुक्त रुपमा सम्मान  गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार