संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका-२ छ्याकुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आईतवार दिउँसो चिचिलाबाट खाँदवारी तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १८८३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा चालक स्थानीय ३२ बर्षीय दावा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


90 पटक हेरिएको 








