प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता हुने

पथरी। मोरङको पथरी शनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप हुने भएको छ ।

पथरी ११ फुटबल क्लवले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गरायो । आगामी जेठ १२ देखि २१ गतेसम्म ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता २०८१’ हुन लागेको हो । प्रतियोगितामा ‘ए’ भिडिजनको चार वटा क्लबसहित ९ वटा टिम र भारतको एक गरी जम्मा १० वटा टिम सहभागी हुने आयोजक समितिको संयोजक सुमन बिकले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख र दोस्रो हुने टिमलाई २ लाख नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए ।

पथरी शनिश्चे १ स्थित जाँते मोडको प्रस्तावित पथरी रंगाशाला सञ्चालन हुने प्रतियोगितामा खेल अवधिभर ५० हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकले अनुमान छ । पत्रकारा सम्मेलनमा राजनीतिककर्मी गणेश खड्का, स्थानीय युवा नेता विक्रम लिम्बू, समाजसेवी गीतकार गणेश थक्लुङ लिम्बूले शुभकामना दिएका थिए । पथरी शनिश्चरे नगरबाट खेलको बिकास गर्दै ‘ए’ भिडिजन क्लवमा खेलिरहेका फुटबलर साइमन लिम्बू, मिन धिमाल, पूर्ब खेलाडीहरु जोन सुब्बा, आयोजक समितिको कोषाध्यक्ष टाइवन राई, रोशन पराजुली, रोशन मादेम्बा लगायतको उपस्थिति रहेको थियो । गोल्डकपमा ४० लाख ८५ हजार अनुमानित आम्दानी तथा खर्च हुने आयोजकको भनाइ छ । पथरीमा यस अघि दुई वटा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार