फराकिलो अन्तरले वडा नम्बर २ विजयी

पथरी । मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता  अन्तर्गत  बैशाख १५ गते सम्पन्न भएका दुई खेलबाट वडा नम्बर २ सेमिफाइनलको यात्रा तय गरेको छ भने वडा नं ०९ ले ३ अंक जोड्न सफल भएको छ।
पथरीशनिश्चरे ०१ को पञ्चायत माविको खेल मैदानमा आयोजित प्रतिष्पर्धामा वडा नं २ ले वडा ५ लाई ० का बिरुद्द ७ गोल गर्दै पोल बी को बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो । जीत सङ्गै वडा नं २ ले १० अंक जोड्न सफल भएको हो । खेलमा म्यान अफ दि म्याच वडा २ का जोन सुब्बा घोषित भए।

अर्को खेलमा वडा नम्बर ९ ले वडा नं ३ विरूद्ध २-१ को अन्तरमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो। पहिलो खेलमा म्यान अफ दि म्याच वडा नं ९ का याम्फु राई घोषित भए।  पोल ए बाट वड नं १ अंकसहित विजेता बनेको छ भने वडा नम्बर ८ उपविजेता बन्न सफल भएको छ। गएको शनिबार नै नम्वर १ कुल १० अंकसहित सेमीफाइनलको यात्रा तय गरेको थियो।

सेमिफाईनल खेल आउदो शुक्रबार वडा १ र वडा ४ बिच हुनेछ भने अर्को सेमिफाईनल खेल शनिबार वडा २ र ८ बिच हुनेछ। फाईनल खेल बैशाख २४ गते शनिबार हुने आयोजक वडा नम्बर ०२ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार