लागुऔषध सहित पक्राउ

झापा । जिल्लाको झापा गाउँपालिका-५ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैया सहित बरामद गरेको हो ।प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार