विराटगर । मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवाबाट लागूऔषध ब्राउन सुगर र भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो सवा २ बजे पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतीय नोट ५ सय दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतीय नोट सहित पक्राउ गरिएको हो ।


74 पटक हेरिएको 








