पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको पथरी शनिश्चरे वडा नं ४ दावेदार बन्न सफल भएको छ ।
पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा भएकाे प्रतियोगितामा वडा नम्बर १ लाई १ गोल गर्दै विजय हासिल गरेको हो।निर्धारित समयमा दुवै टिम बराबरीमा रोकिएपछि अतिरिक्त समयतर्फ खेल धकेलिएको थियो। अतिरिक्त समयको दोस्रो हाफको दुई मिनेटमा वडा नम्बर ४ का खेलाडी यादव राईले प्रहार गरेको गोलले विपक्षीको जाली चुमेपछि उपाधि नजिक पुगेको हो । यादव राई नै म्यान अफ द म्याच घोषित भए । आयोजक वडा नम्बर २ का अध्यक्ष तथा खेल संयोजक नैना राईले मेडल तथा ट्रफी प्रदान गरे।
शनिबार वडा २ र ८ बिच दिउँसो ४ बजे अर्को सेमिफाइल खेल हुने आयोजकले जनाएको छ। पर्सी आईतवार पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाका जनप्रतिनिधिहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेछ । भेट्रान लिगको फाईनल खेल भने बैशाख २४ गते सोमबार हुनेछ ।


151 पटक हेरिएको 








