आयोजक भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

उपाधि रक्षाको लागि वडा नम्बर २ र ४ भिडने

पथरी । मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनलको यात्रा वडा नम्बर २ ले पनि तय गरेको छ ।
आज सम्पन्न खेलमा वडा नं २ ले वडा नम्बर ८ लाई २-० अन्तरले विजयी बन्यो। आत्मविश्वास आत्मनिर्भर स्थानीय पहिचान र स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं २ को कार्यालयद्वारा आयोजित सो प्रतियोगितामा ७ औं र ८ औं मिनेटमा टिम क्याप्टेन मदन राईले गोल गरे। त्यसपछि खेल अवधिभर दुवै टिमका पटक- पटकका प्रयासहरू गोलमा परिणत हुन सकेनन्। टिम क्याप्टेन मदन राई नै म्यान अफ द म्याच घोषित भए । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उनलाई मेडल तथा ट्रफी प्रदान गरेका छन्।
भोलि आईतवार पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाका जनप्रतिनिधिहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल संयोजक तथा वडा नम्बर ०२ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए । भेट्रान लिगको फाईनल बैशाख २४ गते सोमबार हुनेछ । फाइनलमा खेल नम्बर २ र ४ बिच हुनेछ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार